गणेश थापालाई बचाउन हस्ताक्षर अभियानमा पदाधिकारी

काठमाण्डु टुडे २०७१ असार २७ गते ३:०५ मा प्रकाशित

ganesh thapaकाठमाण्डु, २७ असार – एन्फामा देखिएको बिद्रोह दबाउन र फरकमतलाई निस्तेज पार्न एन्फाका बरीष्ठ पदाधिकारी देश दौडाहामा लागेका छन् ।
सारा देश बिश्वकप फुटबल प्रतियोगितामा रमाईरहेका बेला भने अखिल नेपाल फुटबल संघ(एन्फा)का शिर्ष पदाधिकारीहरु एन्फा अध्यक्ष गणेश थापाको पक्षमा समर्थन जुटाउन देश दौडाहामा निस्केका हुन् ।
देश दौडाहामा रहेका टोलीमा एन्फाका बरीष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ,महासचिब धिरेन्द्र प्रधान,सह महासचिब द्धय बिर बहादुर खडका र मणि कुबर प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधर सहीतको ७ जनाको टोली रहेका छन् ।
उनिहरुले भ्रमणका क्रममा मंगलबार नेपालगन्जमा सुदुर पश्चिम र मध्यपश्चिमका जिल्लामा रहेका फुटबल संघका अध्यक्षहरुको भेला समेत आयोजना गरेको बुझिएको छ ।
भेलामा उनिहरुले गणेश थापा नभए नेपालमा फुटबल खत्तम हुने,बैदेशिक अनुदान(फिफा,एएफसी) रोकिने दाबी गर्दै एन्फा केन्द्रमा देखिएको फरम मतलाई निस्तेज पार्न आग्रह गरेको उच्च श्रोतले बताएको छ ।उनिहरुले एन्फा बिरुद्ध लाग्नेहरु माथि अबिश्वास प्रस्ताब दर्ता गर्न र बिशेष साधारण सभा माग गर्न जिल्ला अध्यक्षहरुलाई आग्रह गरेको बुझिएको छ ।
जिल्ला अध्यक्षहरुको भेट तथा छलफलमा उनिहरुले केन्द्रबाटनै तयार गरीएको स्वेत तमसुखमा हस्ताक्षर गर्न दवाब दिएको भएता पनि त्यसो हुन नसकेको बताईएको छ ।
तमसुखमा एन्फा तथा केन्द्रिय अध्यक्ष गणेश थापा बिरुद्ध अभिब्यक्ती दिने उपाध्यक्षहरु कर्माछिरींग शेर्पा,किशोर राई, लगायत ४ जनाले गलत अभिब्यक्ती दिएको ,अनाबश्यक मिडियाबाजी गरेको र हुदै नभएको आरोप लगाएकोले उनिहरुको कृयाकलापबाट एन्फाको साख गिर्न गएकाले तत्काल उनिहरुलाई कारबाहीको माग गर्दै बिशेष साधारण सभा र उनिहरु माथि अबिश्वासको प्रस्ताब भन्ने लेखिएको छ । सुदुर र मधयपश्चिमको भेलामा त्यहाका फुटबल हस्तिहरुले सादा कागजमा तमसुक नभै फुटबलको कार्यक्रम दिन माग गरेका छन् । भेलामा सहभागी एक जिल्लाका अध्यक्ष अनुसार एन्फामा गणेश थापा निर्बिकल्प नेता हुन भन्नेमा असहमती नरहेको तर उन्का आसेपासेले मात्र धेरै अबसर पाएको भन्ने गुनासो आएको बताए ।
मंगलबार एक दिने छलफलमा त्यस क्षेत्रका कसैले पनि तयारी तमसुखमा हसताक्षर गर्न नमानेको बुझिएको छ ।उनिहरु सबैले एन्फाले मध्य तथा सुदुरपश्चिमलाई के दियो र भन्ने प्रश्न राख्दा एन्फा पदाधिकारी रातोपीरो भएको बताईएको छ ।

एन्फाको बिधानमा बिशेष साधारण सभा र अबिश्वास प्रस्ताब का लागी निबेदन हाल्न सकिने धारा छ । जिल्ला अध्यक्षहरुले जिल्ला कार्यसमितीको बैठक बिनानै बिशेष साधारण सभाको माग अन्य जिल्ला अध्यक्ष संग मिलेर हस्ताक्षर संकलन गरी केन्द्रीय समितीमा बुझाएको खन्डमा बिशेष साधारण सभा बोलाउन मिल्ने प्राबधान छ । एन्फा उच्च पदाधिकारी यही प्रयोजनको लागी सादा तमशुख बनाएर हस्ताक्षर संकलन गर्न देश दौडाहामा निस्केको हो ।

मध्य र सुदुरको भेलामा सादा तमसुखमा हस्ताक्षर गर्न हुन्न भन्ने माग आए पनि गणेश थापा पक्षधरका जिल्ला अध्यक्षहरुले भने हस्ताक्षर गरेको बुझिएको छ । मंगलबारको नेपालगन्ज भेला सके लगत्तै एन्फा टोली बुधबार बुटवल आएर रुपन्देही फुटबल संघको पदाधिकारी संग भेटघाट गरी बिशेष साधारण सभा र अबिश्वासको प्रस्ताब लेखिएको तमसुखमा हस्ताक्षर गर्न आग्रह गर्दा जिल्ला समितीको बैठकले निर्णय गर्ने बताएपछी उनिहरु पाल्पा तिर हान्नीएका थिए । पाल्पामा उनिहरुले जिल्ला अध्यक्षको हस्ताक्षर गराउन सफल भएको बुझिएको छ । सोही दिन उनिहरु स्यांग्जा हुदै पोखरा पुगेका थिए ।
एन्फा भित्र बिसंगति देखिएको भन्दै बिद्रोहको स्वर बोलि रहेका माथि उनिहरुलाई कारबाही गराउन भन्दै तमसुक गराउन हिडेका एन्फा पदाधिकारीहरुको अहिले सर्बत्र बिरोध हुन थालेको छ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघले एन्फा को बिसंगति बिरुद्ध आवाज उठाउनेहरु माथि एन्फाले कारबाही गर्ने भन्दै हिडेकामा त्यस्को बिरोध गर्दै एन्फाको गलत कार्य बिरुद्ध आवाज उठाउनेहरुको साथ दिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us