
काठमाण्डु, २५ असार– आयोगक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।
बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ गोलको विशाल अन्तरले पराजित भयो । ३९ वर्षपछि घरेलु भूमिमा लज्जापद हार ब्यहोरेसँगै ब्राजिलको छैठौंपटक उपाधि जित्ने सपना तुहिएको छ ।
विश्वकप मैदानमा ब्राजिलले अहिलेसम्म बेहोरेको यो नै ठूलो हार हो । यसअघि सन् १९९८ को विश्वकप फाइनलमा ब्राजलले ३–० को हार बेहोरेको थियो । विश्वकपमा ब्राजिलले यति धेरै गोल खाएको यो नै पहिलोपटक हो ।
जर्मनीमा लागि क्रुज र स्कुरल्सले समान दुई गोल गरे भने थोमस मुलर, सामी खेदिरा र क्लोजले एकएक गोल गरे । जर्मनीले खेलमा २९ मिनेटभित्र ५ गोल गरेको थियो । क्लोजले यो गोलसँगै विश्वकपमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी पनि बनाएका छन् ।
विश्वकपको २३ खेलमा उनको गोलसंख्या १६ पुगेको छ । यसअघि ब्राजिलका रोनाल्डोले विश्वकपमा सर्वाधिक १५ गोल गरेको कीर्तिमानी थियो । स्टाइकर नेयमार र कत्पान थियगो सिल्भाबिना मैदान प्रवेश गरेको ब्राजिलका लागि खेलको अन्तिम समयमा ओस्करले सान्त्वना गोल फर्काए ।
प्रतियोगितामा आज नेदरल्याण्डले अर्जेन्टिनाको समाना गर्दै छ । खेल सकिएपछि ब्राजिलियन समर्थक र खेलाडी आँखाबाट आँशु झारेर रोएका थिए ।