
काठमाण्डु, २२ असार – अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिवार राति र आईतवार विहान भएका खेल जित्दै दुवै टोलीले सेमिफाईनलमा भेट पक्का गरेका हुन् । यी २ टीमबीच फाइनल प्रवेशका लागि बुधबार राति खेल हुनेछ । नेदरल्याण्ड्सले आईतवार विहान कोष्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो भने अर्जेन्टिनाले शनिवार राति बेल्जियमको चुनौती १–० ले समाप्त पार्यो ।
नेदरल्याण्डले अन्तिम चारमा पुग्न निकै संघर्ष गर्नुृपर्यो । र उसको जितमा दोस्रो रोजाईका गोलकीपर टीम क्रुल नायक सावित भए । कोष्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउादा क्रुलले कोष्टारिकाका ब्रायन रुइज र माइकल युमानको प्रहार बचाएपछि डच टोली सेमिफाईनल पुग्यो ।
अतिरिक्त समयको ईञ्जुरी समयमा नियमित गोलरक्षक सिलीसेनको ठाउामा टिम क्रुललाई पोष्ट सम्हाल्न दिने प्रशिक्षक लुइस भान गालको निर्णय सही सावित भयो र डच टोली अन्तिम चारमा पुग्यो । प्रीक्वाटर फाइनलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएको कोष्टारिका क्वाटरफाइनलमा भने नेदरल्याण्डसाग पराजित भयो ।
यसअघि निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । ६७ प्रतिशत बल नियन्त्रणमा राखेको नेदरल्याण्ड्सले कोष्टारिकाको पोष्टमा २० वटा प्रहार गरेको थियो । भने कोष्टारिकाले ६ पटक मात्रै आक्रमण गर्यो ।
नेदरल्याण्डका वेस्ले स्नाइडरले ८२ औं र १ सय १९ औं मिनेटमा गरेका २ वटा प्रहार पोलमा लागेर फर्केका थिए । निर्धारित समयमा उत्कृष्ट प्रदर्शन गरेका कोस्टारिकाका कीपरले पेनाल्टीमा भने त्यो प्रदर्शन दोहोर्याउन सकेनन् ।
यस्तै बेल्जियमलाई शून्यका विरुद्ध एकगोलले हराउादै अर्जेन्टिना २४ वर्षपछि सेमिफाईनलमा प्रवेश गर्यो । सन् १९९० पछि अर्जेन्टिनालाई सेमिफाईनलमा पुर्याउन गोञ्जालो हिग्वीनले गोल गरे । आठौं मिनेटमा हिग्वीनले गरेको एक मात्र गोलनै निर्णायक भयो ।
बेल्जियमका कप्तान भिन्सेन्ट कोम्पनीको खुट्टाबाट खोसेर एञ्जेल डि मारियाले निकालेको क्रस पासमा हिग्वीनले पेनाल्टी एरियाबाट वान टचमा गोल गरे । हिग्वीनको जारी प्रतियोगितामा पहिलो गोल हो ।
आठौं मिनेटमा गोल खाएर पछि परेको बेल्जियमले गोल फर्काउने कोसिस गरेपनि सफल हुन सकेन् । ५४ प्रतिशत बल नियन्त्रण गरेको बेल्जियमले खेलको अन्त्यतिर थप दबाब बनाए पनि गोल गर्न सकेन् ।
दोस्रो हाफको ईञ्जुरी टाईममा अर्जेन्टिनाका लियोनेल मेसीले गोलको मौका पाए पनि उनी चुके । यसअघि १९८६ मा उपाधि जितेको अर्जेन्टिना सन् १९९० को फाईनलमा जर्मनीसाग हारेको थियो । ९० यता अर्जेन्टिना क्वार्टरफाईनलबाटै आउट हुदै आएको थियो ।