ब्राजिल र जर्मनी विश्वकपको सेमिफाइनलमा

काठमाण्डु टुडे २०७१ असार २१ गते १:४४ मा प्रकाशित

काठमाण्डु, २१ असार– ब्राजिल र जर्मनी विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छन् ।
शुक्रबार राति र शनिबार विहान भएका खेलमा जित हात पार्दै ब्राजिल र जर्मनी सेमिफाइनल प्रवेश गरेका हुन् । पाँच पटकको विश्व विजेता ब्राजिल र तीन पटकको विजेता brazzilजर्मनीबीच मंगलबार राति फाइनल प्रवेशका लागि भीडन्त हुनेछ ।

शनिबार बिहान भएको खेलमा आयोजक ब्राजिल कोलम्बियालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।  ब्राजिलको जितमा थिएगो शिल्भा र डेविड लुईजले गोल गरे भने कोलम्बियाका लागि जेम्स रोड्रिगेजले पेनाल्टी सुटआउटमा एक मात्र गोल गरे । सुरुमै ब्राजिल हाबी रहेको खेलमा कप्तान थिएगो सिल्भाले सातौं मिनेटमा गोल गरेर ब्राजिललाई अग्रता दिलाए ।

नेयमारको कर्नर किकमा प्राप्त बललाई सिल्भाले सीघै पोष्टमा प्रहार गरे । पहिलो हाफको सुरुमै १–० ले पछि परेपछि कोलम्बिया दबाबमा पर्‍यो । दुईपटक गोल गर्ने मौका पाए पनि कोलम्बिया सफल हुन सकेन । ब्राजिलका लागि डेविड लुईजले ६८ औं मिनेटमा फ्रि किकमार्फत गोल गरी टिमलाई २–० को अग्रता दिलाए । कोलम्बियाले पनि घर फर्कनुअघि एक गोल फर्कायो ।

ब्राजिलसँग पराजित  भएर घर फर्किए पनि विश्वकपमा कोलम्बियाका खेलाडी जेम्स रोड्रिगेजले गोल्डेन बुटमा आफ्नो दाबेदारी कायमै राखेका छन् । ब्राजिलविरुद्ध पेनाल्टीमा एक गोल गरेसँगै रोड्रिगेजको जारी विश्वकपमा गोल संख्या ६ पुगेको छ ।
जर्मनी पनि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्राबार भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै जर्मनीले अन्तिम ४ मा ब्राजिलसँगको भेट पक्का गरेको हो । जर्मनी विश्वकपको सेमिफाइनल प्रवेश गरेको यो लगातार चौथो पटक हो । जर्मनीका लागि माट हुमेल्सले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

jarmani
फ्रान्सले पहिलो हाफमै गोल गर्न पाएको दुई दुई मौका खेर फाल्यो । दोस्रो हाफमा पनि फ्रान्सले खेलमा फर्किने प्रयास गर्दै केही प्रहार गरे पनि सफल भएन । खेल सकिन केही सेकेन्डअघि फेरि करिम बेञ्जिमाले गोलका लागि गरेको प्रहार जर्मन किपरले मुस्किलले जोगाए र फ्रान्स घर फर्कियो । ५३ प्रतिशत बल होल्ड गरेको जर्मनीले पनि दोस्रो हाफमा प्राप्त मौकाको सदुपयोग गर्न सकेन् ।

कीर्तिमानको नजिक रहेका मिरोस्लाभ क्लोजले ६९ मिनेट खेले पनि गोल गर्न सकेनन् । क्लोजले एक गोल थपेमा उनी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us