
काठमाण्डु, १८ असार –खेलाडीहरुलाई हौसला प्रदान गर्न विभिन्न किसिमको रणनीति अपनाउने देखिन्छ । सरकारदेखि नीजि कम्पनीसम्मले प्रतियोगितापछि खेलाडीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्ने वाचा गरेका हुन्छन् ।
तर खेलाडीलाई अन्तरिक्ष भ्रमणको अफर भने खेलकुदकै नौलो हुनेछ । नेदरल्याण्डको एसएसक्सी इन्जिनियरिङ कम्पनीले यस्तै घोषणा गरेको हो ।
नेदरल्याण्डले विश्वकप पनते टोलीका २३ सदस्यलाई अन्तरिक्षमा घुमाउने अफर गरेको छ ।
पछिल्लो संस्करणको विश्वकपमा सो कम्पनीले यस्तै योजना बनाएको थियो तर नेदरल्याण्ड उपविजेता मात्र सीमित भयो।
एसएक्सीका को फाउन्डर माइकल मोलले भने हामी खेलाडीहरुलाई प्रतिमिनेट एक सय तीन किमी स्पिडमा उडाउन चाहन्छौं ।