मैदानमा खेलाडी टोक्ने स्टाइकरले माफी मागे

काठमाण्डु टुडे २०७१ असार १७ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, १७ असार– उरुग्वेका स्टाइकर लुइस सुआरेजले इटालीका गोलरक्षक जजिर्यो चिलिनीलाई टोकेकामा माफी मागेका छन् ।

Suarez1
सुआरेजले विज्ञप्ति निकालेर चिलिनी आफ्नो टोकाइबाट पीडित बनेको भन्दै माफी मागेका हुन् । उनले आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत इटाली र उरुग्वेबीचको खेलमा सुआरेजले इटालीका रक्षक जजिर्यो चिलिनीको काँधमा टोकेका थिए । तर उनले यसअघि आफूले टोकेको नभई दाँतले ठोक्किएको आएको दाबी गरेका थिए ।
‘त्यो सत्य हो कि मैदानमा म सँगै खेल्ने जजिर्यो चिलिनीले टोकाइका कारण शारीरिक समस्या भोग्नुपरेको छ’ सुआरेजले भनेका छन् ‘त्यसप्रति म चिलिनी र सम्पूर्ण फुटवलप्रेमीसँग क्षमा चाहन्छु ।’

फिफाले उनलाई ४ महिना फुटवका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने र  ९ वटा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन नपाउने गरी कारबाही गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us