जर्मनी १७औं पटक क्वाटर फाइनलमा

काठमाण्डु टुडे २०७१ असार १७ गते १:३३ मा प्रकाशित

ojilllllllllllllकाठमाण्डु, १७ असार –अल्जेरियालाई २–१ ले निराश बनाउँदै जर्मनीले विश्वकप फुटबलको क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ ।जर्मनीको जितमा आन्द्रे सर्ले र मेसुट ओजिलले गोल गरे ।
मंगलबार बिहान सकिएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयको दोश्रो मिनेटमै सर्लेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
खेल सकिनै लाग्दा ओजिलले गोल थप गर्दै अग्रता दोब्बर पारे । त्यसलगत्तै नाइजेरियाका अबदुलमोमेनले एक गोल फर्काउदै जर्मनीलाई दबाब दिएपनि अल्जेरियाले थप गोल गर्ने धेरै समय नै पाएन ।
अल्जेरियामाथि जर्मनीले ६७ प्रतिशत बल नियन्त्रण गर्र्दैै खेलमा दबाब बनाएपनि गोलका लागि भने उसले अतिरिक्त समयसम्म कुर्नुपर्‍यो । ३३ प्रतिशतमात्र बल नियन्त्रण गरेपनि जर्मनीका थुप्रै प्रहार अल्जेरियाको रक्षापक्ति र गोलकिपरले बचाएका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका अल्जेरियाका गोलकिपर राइज मबोली म्यान अफ दी म्याच चुनिए । सन् १९८२ मा जर्मनीलाई हराएको अल्जेरियाले त्यसलाई निरन्तरता दिन सकेन । १८ औ पटक विश्वकप खेलिरहेको जर्मनी यो जितसँंगै १७ औं पटक अन्तिम ८ मा पुगेको हो ।

सर्वाधिक गोलकर्ताको विश्वकीर्तिमानको बराबरी गरेका स्ट्राइकर मिरोस्लाभ क्लोजलाई प्रशिक्षक जोचेम लो ले मैदान उतारेनन् भने सर्वाधिक गोलकर्ताको होडमा रहेका थोमस मुलरले भने गोल थप्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us