क्रिकेट प्रशिक्षक दशानायकेको म्याद नथपिने

काठमाण्डु टुडे २०७१ असार १६ गते १४:३० मा प्रकाशित

pubuduकाठमाण्डु, १६ असार – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुवुदु दशानायकेको म्याद नथपिने भएको छ ।

३ महिना थप गरिएको म्याद सोमबार सकिएपछि नेपाल क्रिकेट संघ क्यानले बजेटको कारण देखाउने दशानायकेको म्याद अब नथप्ने जानकारी गराएको हो ।

क्यानका सचिव उत्तम कुमार कर्माचार्यले निकालेको विज्ञप्तिमा एसिसी र आइसिसीबाट प्राप्त हुने बजेट हालसम्म पनि प्राप्त नभएको र क्यानको आर्थिक अवस्था प्रशिक्षकको व्ययभार व्यहोर्न नसक्ने स्थितिमा रहेको उल्लेख छ ।

भविष्यमा बजेट प्राप्त भएमात्रै प्रशिक्षक नियुक्ति सम्बन्धमा आगामी बोर्डमा छलफल गर्ने क्यानले स्पष्ट पारेको छ । सुरुमा मासिक ३ हजार अमेरिकी डलर तलब पाउने गरी नेपाल आएका पुवुदुको तलब नेपाललाई विश्वकपमा पुर्याहएपछि ८ हजार अमेरिकी डलर पुर्यातइएको थियो । पुवुदु एक महिना अघि नै क्यानडा फर्किसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us