कोलम्बियाले उरुग्वेलाई हरायोे

काठमाण्डु टुडे २०७१ असार १५ गते १:२४ मा प्रकाशित

foootकाठमाण्डु, १५ असार –जेम्स रोड्रिग्वेज एक्लैले २ गोल गरेपछि कोलम्बिया उरुग्वेलाई हराउँदै विश्वकप फुटवलको क्वाटरफाइनल प्रवेश गरेको छ ।
विश्वकप फुवटलको इतिहासमा कोलम्बियालाई पहिलोपल्ट क्वाटरफाइनलमा पुर्याउन रोड्रिग्वेजले २८ औं र ५० औं मिनेटमा गोल गरे ।
रोड्रिग्वजेले २८ औ मिनेटमा डि बक्स बाहिरबाट उनले हानेको लेफ्ट फुटेड सटले उरुग्वेका गोलकिपरको हातैमाथिबाट गोलपोष्टको बार छुंदै जाली चुमेको थियो ।
प्रतिबन्धका कारण स्ट्राइकर लुइस सुआरेजबिनै मैदान उत्रेको उरुग्वेले उनको अभावलाई पूर्ति गर्न सकेन । समूह् चरणको पहिलो खेलमा पनि सुआरेज बिना मैदान उत्रिँदा उरुग्वे कोष्टारिकासँग पराजित भएको थियो । उरुग्वेका लागि डिएगो फोर्लान र एडिन्सन काबानीले सुवारेजको अभावलाई पुरा गर्न सकेनन् । सन् १९५० मा विश्वकप जित्दा ब्राजिललाई हराएको माराकाना रंगशालामा उरुग्वेले कोलम्बियालाई भने हराउन सकेन ।
रोड्रिगेज शीर्ष गोल कर्ता

सोमबार बिहानको खेलमा कोलम्बियालाई जिताउन २ गोल गरेको जेम्स रोड्रिगेज जारी विश्वकपको शीर्ष गोलकर्ता बनेका छन् । २२ वर्षका रोड्रिगेजले जारी विश्वकपको ४ खेलमा अहिलेसम्म ५ गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । अर्जेन्टिनाका लियोनेल मेसी, ब्राजिलका नेमार र जर्मनीको थोमस मुलरले भने चारचार गोल गरेका छन् । सन् २००२ को विश्वकपपछि एउटै विश्वकपका सुरुका चार खेलमा गोल गर्ने रोड्रिगेज पहिलो खेलाडी पनि बनेका छन् । सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डो र रिभाल्डोले सुरुका चार खेलमा गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us