आयोजक ब्राजिल क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७१ असार १५ गते १:१७ मा प्रकाशित

luiceकाठमाण्डु, १५ असार –चिलीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै आयोजक ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
ब्राजिललाई जिताउन उसका गोलकिपर जुलियस सिजर नायक सावित भए । टाइब्रेकरमा उनले मुरिको पिनिल्ला र एलेक्स सान्जेचको पेनाल्टी बचाएका थिए ।
यस्तै चिलीका गोञ्जालो जराले हानेको निर्णयक पेनाल्टी पोष्टमा लागेर फर्किएको थियो । ब्राजिलका विलियनको पेनाल्टी पोष्टबाट बाहिरएको थियो भने हल्कको पेनाल्टीलाई भने चिलीका किपरले बचाएका थिए ।
यसअघि निर्धारित र थपिएको १ सय २० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलको १८ औं मिनेटमा डेविड लुईजले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि एलेक्स सान्चेजले बराबरी गोल फर्काएका थिए । त्यसपछि ५४ औं मिनेटमा ब्राजिलका हल्कले बललाई पोष्टमा छिराएपनि उनले ह्याण्ड गरेको भन्दै रेफ्रिले त्यसलाई गोलको मान्यता दिएनन् । पहिलो क्वाटरफाइनलमा अब ब्राजिलले आउँदो शुक्रबार राती कोलम्बियासँग खेल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us