
काठमाण्डु, १४ असार– नेपाललले ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बैठकले नेपाललाई उक्त मान्यता दिएको हो ।
नेपालसँगै नेदरल्याण्डले पनि त्यस्तो मान्यता पाएको छ । बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा शानदार प्रदर्शन गरेका नेपाल र नेदरल्याण्डलाई ट्वान्टी–ट्वान्टी मान्यता दिन यसअघि नै आईसीसी कार्यकारी परिषदमा प्रस्ताव गरिएको थियो ।
योसँगै ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्न पाउने राष्ट्रको संख्या १८ पुगेको छ ।
अफगानिस्तान, हङकङ, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवान्युगिनी र युएईले भने यसअघि नै ट्वान्टी–ट्वान्टीको मान्यता पाइसकेका छन् ।