
काठमाण्डु, १४ असार– विपक्षी खेलाडीलाई खेल मैदानमै टोकेका कारण प्रतिबन्धमा परेका उरुग्वेका स्टार स्ट्राइकर लुइस सुआरेजको समर्थन गर्दै प्रशिक्षक ओस्कार तावरेजले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको २ वटा पदबाट राजीनामा दिएका छन् ।
६७ वर्षीय ताबरेजले फिफाको प्राविधिक अध्ययन र रानीतिक कमिटिबाट राजीनामा दिएका हुन् । एक पक्षको आरोप र सञ्चार माध्यममा आएका खबरका आधारमा फिफाले सुआरेजलाई बलिको बोका बनाएको आरोप उनको छ ।
सुआरेजले गल्ती गरेको भए पनि त्यसमा उनको मात्र दोष नरहेको दाबी उनको छ । अर्को पक्षको गल्तीमा भने फिफाले आँखा चिम्लएको उनको आरोप छ ।
विश्वकपको समूह चरणको खेलमा इटालीका जजिर्यो चिलानीलाई टोकेका कारण सुआरेजलाई फिफाले ४ महिना फुटबलका कुनै पति गतिविधि र ९ वटा अन्र्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाएको थियो । यसअघि उरुग्वेका सर्वसाधारणले पनि उनीमाथि भएको कारबाहीको विरोधमा प्रदर्शन गरेका थिए ।