जर्मनी र अमेरिका विश्वकपको अन्तिम १६ मा

काठमाण्डु टुडे २०७१ असार १३ गते २:०५ मा प्रकाशित

काठमाण्डु, १३ असार– जर्मनी समूह जीको विजेताका रुपमा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकालाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनी ७ अंकसहित समूह जीको विजेता बन्यो ।
अर्को खेलमा क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा पोर्चुगलले घानालाई हराए पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन र दुबै टोलीको समान ४–४ अंक भएपनि गोल अन्तरका आधारमा अमेरिकी उपविजेता बन्यो ।
बिहीबार राति अबेर भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले अमेरिकालाई १–० ले पराजित गर्‍यो । उसका लागि एक मात्र निर्णायक गोल खेलको ५५ औं मिनेटमा थोमस मुलरले गरे ।

Muller

यो ब्राजिल विश्वकपमा मुलरको चौथो गोल हो । यससँगै उनी सर्वाधिक गोलकर्ताको होडमा फर्किएका छन् । अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलका नेयमारले पनि समान चार गोल गरेका छन् ।
जितपछि जर्मनीको तीन खेलबाट ७ अंक भयो । पहिलो खेलमा पोर्चुगललाई ४–० ले पराजित गरेको जर्मनीले दोस्रो खेलमा भने घानासँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । पहिलो खेलमा घानालाई २–१ ले हराएको अमेरिकाले दोस्रो खेलमा भने पोर्चुगलसँग २–२ गोलको बराबरी खेलेको थियो ।

सोहि समय भएको अर्को खेलमा पोर्चुगलले स्टार स्ट्राइकर रोनाल्डोको गोलको मदतमा घानालाई २(१ गोल अन्तरले पराजित गर्‍यो । उसका लागि अनुकुल हुने गरी जर्मनीले अमेरिकालाई पनि हरायो तर, घानाविरुद्ध चाहिए जति गोल गर्न सकेन र अमेरिका समान ४ अंक भएपनि गोल अन्तरका आधारमा पछि पर्दै समूह चरणबाट बाहिरिएको छ । जर्मनीसँगको खेलमा खाएको चार गोल उसका लागि महंगो सावित भयो ।

नेशनल स्टेडियममा भएको खेलमा पोर्चुगलले उपहार गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा घानाका जोन बोयले आफ्नो पोष्टमा गोल गरे ।
खेलको ५७ औं मिनेटमा ज्ञानले घानाका लागि बराबरी गोल फर्काए । ८० औं मिनेटमा घानाले राम्ररी क्लियर गर्न नसकेको बलमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । खेलमा पोर्चुगलले गोल गर्ने थप गोल गर्ने प्रयास गरेपनि घानाका गोलरक्षकले असफल पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us