
काठमाण्डु, १२ असार – उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई अन्तर्राष्ट्रिय फुटबल संघ फिफाले चार महिना फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
फिफाको यो निर्णयसँगै सुआरेज जारी विश्वकपमा खेल्न पाउने छैनन् । विश्वकपको समूह चरणको अन्तिम खेलमा सुआरेजले मंगलबारइटालीका डिफेन्डर जजिर्यो चेलिनीको काँधमा टोकेका थिए ।
फिफा अनुशासन समितिले २७ वर्षीय स्ट्राइकर सुआरेजले मैदानमा खेलको नियम र भावनाविपरीत गतिविधि ठहर गर्दै प्रतिबन्ध लगाउने ठहर गरेको हो । यस्तै उनले अब ९ वटा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छैनन्