
काठमाण्डु– खेलको राजा मानिने फुटबलले संसारलाई एकसुत्रमा बाँधेको छ ।
सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक हिसाबले महत्व बोकेको फुटबल दर्शकहरुको प्रिय खेल बनेको छ ।
अरबौं दर्शकको ध्यान तान्न सफल यो खेलमा खेलाडीहरु सबैको ढुकढुकी बन्न आ–आफ्नो खेल कौशल देखाइरहेका हुन्छन् । संसारमा खेलाडी विशेषका ‘फ्यान’ हुन्छन् ।
कोही उत्कृष्ट खेल देखाएर, कोही मैदानमा नियमविपरीतका कार्य गरेर त कोही आफ्नो फेशनका कारण चर्चामा आइरन्छन् ।
मैदानमा ‘हेयर स्टाइल’ का कारण चर्चामा आएका केही खेलाडीहरु जसले खेल जीवनबाट सन्यास लिइसक्दा पनि उनीहरुकै चर्चा हुने गरेको छ ।
चर्चामा आएका केही खेलाडीहरु क्रमश: इंग्ल्याण्डका फुटबलर डेबिड बेकह्याम ,पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो,नाइजेरीयन फुटबलर टेरीबो बेष्ट ,डच फुटबलर रुड गुलिट ,कोलम्बीयन फुटबलर कार्लोस वाल्डेरा ,कोलम्बीयन फुटबलर रेने हिंगिटा ,ब्राजिलियन फुटबलर रोनाल्डिन्हो ,चेल्सी स्टार डिडियर ड्रोग्वा ,इटालीयन फुटबलर रोबर्टो बाजियो ,इंग्ल्याण्डका पूर्व गोलकिपर डेबिड सिमन