इटालीका जर्जिओलाई सुआरेजले टोकेको प्रमाणित

काठमाण्डु टुडे २०७१ असार ११ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ११ असार – मङगलबार राती भएको इटाली र उरुग्वेबीचको खेलमा इटालीका डिफेन्डर जर्जिओलाई उरुग्वेका स्टा्रइकर लुइस सुआरेजले टोकेको फिफाले प्रमाणित गरेको छ ।

Suarez1मंगलबार राति भएको समूह ‘डी’को खेलमा सुआरेजले जर्जिओको काँधमा टोकेका थिए ।

जर्जिओले खेलको भिडियोलाई प्रमाणकारुपमा हेर्दै सुआरेजमाथि कारबाही गर्न माग गरेका  थिए ।

 फिफाले उनीविरुद्ध २४ खेल वा दुई वर्ष प्रतिबन्ध लगाउन सक्छ ।

उरुग्वेको टेलिभिजनसँग उनले भनेका छन्-’मैदानमा यस्तो भइरहन्छ । हामी एकअर्कासँग ठोक्कियौं र उनले मलाई काँधले ठक्का दिए । मैदानभित्र यस्तो घटना भइरहन्छ । यसलाई धेरै उछाल्न आवश्यक छैन ।’ 

सुआरेज पटक पटक खेल मैदानमा अनुशासनविपरीतका काम गर्दै चर्चामा आइरहेका छन् ।

उरुग्वेका गोडिनले निर्णायक गोल गर्नु केहीबेर अघि भएको घटनापछि जर्जिओले टिसर्ट सार्दै रेफ्रीलाई देखाउने कोसिस गरेका थिए भने स्वरेजले आफ्नो दाँत समाउँदै आफूलाई काँधले मुखमा धक्का दिएको अपील गरिरहेका थिए ।

स्वरेजमाथि टोकेको आरोप लागेको यो तेस्रो पटक हो । ३०१३ अप्रिलमा प्रिमियर लिगमा चेल्सीका इभानोभिचलाई टोकेको आरोपमा उनीमाथि १० खेलको प्रतिवन्ध लाग्यो । २०१० मा पनि उनीमाथि विपक्षी खेलाडीलाई टोकेको आरोप लाग्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us