कोलम्बिया र ग्रिस तथा कोष्टारिका र उरुग्वे अन्तिम १६ मा

काठमाण्डु टुडे २०७१ असार ११ गते १:४६ मा प्रकाशित

काठमाण्डु, ११ असार–विश्वकप फुटबल अन्र्तगत समूह सी बाट कोलम्बिया र ग्रिस तथा समूह डी बाट कोष्टारिका र उरुग्वे प्रि क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज विहान सकिएको खेलमा समूह डीको कोलम्बिया अपराजित यात्रा कायम राख्दै अन्तिम १६ मा पुगेको हो ।

कोलम्बियाले जापानलाई एक का विरुद्ध चार गोलले पराजित गरेको थियो । कोलम्बियाको जितमा ज्याकसन मर्टिनेजले २ तथा जोन गिलिरेमो र कुडराडो जेम्स रोडरिगुएजले एक एक गोल गरेका थिए । जापानकालागि सिन्जी वाकाजाकीले सान्त्वना गोल गरे ।
अर्को खेलमा ग्रिसले आइभरी कोष्टलाई पराजित गर्दै उप विजेता बन्यो । पहिलो पटक अन्तिम १६मा पुग्ने क्रममा ग्रिसले आइभरी कोष्टलाई नाटकिय खेलमा एकका विरुद्ध २ गोलले पराजि गरको हो ।
पहिलो हाफको ४२ औ मिनेटमा एन्ड्रे समरेजले ग्रिसकालागि पहिलो गोल गरेका थिए । दोस्रो हाफको ७३ औ मिनेटमा आभरी कोष्टका विलफेड बोनीले गोल गर्दै बराबरी गरेका थिए । तर दोस्रो हाफको अतिरिक्त समयमा ग्रिसले पेनाल्टी माफर्त जित निकालेको हो । जर्जियोस सामरासले पेनाल्टी मार्फत गोल गर्दै ग्रिसलाई पहिलो पटक विश्वकप फुटबलको प्रि क्वाटर फाइनलमा पुराएका हुन् ।

गएराति भएको निकै तनाब पूर्ण खेलमा इटलीलाई एक सुन्य गोल अन्तरले पराजित गर्दै पहिलो विश्वकप विजेता उरुग्वे अन्तिम १६ मा पुगेको छ । १० खेलाडीमा सिमित इटलीमाथि ८१ औ मिनेटमा गोल गरेको थियो । ५८ औ मिनेटमा फल खेलेपछि इटलीका कलाउडो मार्चिसियो रोतो कार्ड पाउदै मैदान छोडेका थिए ।
उरुग्वेका डिएगो गोर्डिनले ८१ औ मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वे उप विजेता बन्यो ।
यस्तै इङल्याण्ड र कोष्टारिका गोल रहित बराबरी खेलेका थिए । बराबरी सँगै कोष्टारिका समूह बीजेता बन्दै प्रि क्वाटरफाइनलमा पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us