क्रोएसियालाई हराउँदै मेक्सिको पनि प्रि क्वाटर फाइनलमा

काठमाण्डु टुडे २०७१ असार १० गते १:१९ मा प्रकाशित

mexikoकाठमाण्डु, १० असार –मेक्सिको विश्वकप फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइलनमा पुगेको छ ।
प्रि क्वाटर फाइनल पुग्ने क्रममा मेक्सिकोले क्रोएशियालाई ३–१ ले हरायो ।
७२ औं मिनेटसम्म बराबरीमा चलेको खेलमा मेक्सिकाले त्यसपछिको १० मिनेटमा ३ गोल हानेको थियो ।
मेक्सिकोका लागि ७२ औं मिनेटमा राफेल मार्केजले पहिलो गोल गरे ।

त्यसको ३ मिनेटपछि नै आन्द्रेईज गोर्डाडोले अर्को गोल थपे । यसैगरी ८२ औं मिनेटमा जाभियर हर्नान्डेजले अर्को एक गोल थपे । क्रोएशियाका इभान पेर्सिसले ८७ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

क्रोएशियाका एन्टे रेबिक रातो कार्ड पाउँदै बाहिरिएपछि अन्तिम २ मिनेटमा क्रोएशिया १० खेलाडीमा सिमिति भएको थियो । यो खेल जितेको भए मेक्सिकोको सट्टा क्रोएशिया प्रि क्वाटर फाइनलमा पुग्ने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us