
काठमाण्डु, ९ असार– बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाईनल प्रवेश गरेको छ ।
गएराति भएको खेलमा रसियालाई १–० ले हराउँदै बेल्जियम समूह ‘एच’ बाट एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । प्रि–क्वार्टरफाईनल पुग्ने बेल्जियम पहिलो टिम हो ।
बेल्जिययको जितमा खेल सकिनुभन्दा २ मिनेटअघि डिवोक ओरिगीले गोल गरे । रसिया र बेल्जियम दुवैले गोल गर्ने प्रशस्त मौका पाए पनि सदुपयोग गर्न सकेनन् । रसियाको अन्तिम १६ प्रवेश गर्ने सम्भावना अझै बाँकी छ । त्यसका लागि उसले समूह चरणको अन्तिम खेलमा अल्जेरियालाई हराउनुपर्ने छ ।