
काठमाण्डु, ८ असार –मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली आज इन्डोनेसिया प्रस्थान गरेको छ । सागर थापाको कप्तानीमा २२ सदस्यीय टोली इन्डोनेसिया प्रस्थान गरेको हो ।
नेपालले असार ११ मा मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले इन्डोनेसिया जान २२ सदस्यीय टोलीको नाम शनिबार सार्वजनिक गरेको थियो ।
टोलीमा यु–१६ अनन्त तामाङ र यु –१९ गोलकिपर एलन न्यौपाने पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।