घानासँगको बराबरीले जर्मनीलाई झड्का

काठमाण्डु टुडे २०७१ असार ८ गते १:४४ मा प्रकाशित

jjjjamniकाठमाण्डु, ८ असार –विश्वकप फुटवलको समूह जी को खेलमा जर्मनी घानासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
नतिजापछि जर्मनीको २ खेलबाट ४ अंक भएको छ भने घानाले १ अंक बटुलेको छ । आइतबार विहान भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफमा दुवै टोलीले २र२ गोल गरे ।
खेलको ५१ औ मिनेटमा मारियो गोटेजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर त्यसको ३ मिनेटमै आन्द्रे अयूवले घानाका लागि बराबरी गोल फर्काए । ६३ औ मिनेटमा आशामोह ज्ञानले गोल थप्दै घानालाई अग्रता दिलाए तर गोटेजलाई प्रतिस्थापन गर्दै मैदान उत्रेका जर्मनीका मिरोस्लाभ क्लोजले गोल गर्दै खेल बराबरी गरे ।

पहिलो खेल अमेरिकासंग हारेको घानाले जर्मनीलाई हराउँदै ३ अंक खोस्न सक्दो प्रयास गरेपनि सफल भएन ।

नतिजाले घानाको अर्को चरण प्रवेशको सम्भावना कठिन भएको छ । ३६ बर्षीय जर्मन स्ट्राइकर क्लोजले पछि परेको जर्मनीको उद्धारमात्र गरेनन् विश्वकप फुटवलमा सर्वाधिक गोलको कीर्तिमानको बराबरी गरेका छन् । चौथो पटक विश्वकप खेलिरहेका क्लोजले १५ गोल गरेका छन् ।
डि बक्स नजिकै आइपुगेको बललाई वानटचमा गोलपोष्टको दिशा दिएपछि उत्साही क्लोजले आफ्नो चीर परिचित शैलीमा हावामा डाईभ हानेर खुशीयाली मनाएका थिए । क्लोजले यसअघिका तीनवटा विश्वकपमा ५र५ र ४ गोल गरेका थिए ।

यस्तै जर्मनीविरुद्धको खेलमा गरेको गोलसंगै घानाका आशामोह ज्ञानले अफ्रिकाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने २ जनाको सूचीमा आफ्नो नाम पनि लेखाएका छन् । ज्ञान र रोजर मिल्लाले समान ५र५ गोल गरेका छन् ।
समूह जी मा जर्मनीले यसअघिको खेलमा पोर्चुगललाई ४–० ले हराएको थियो भने घाना अमेरिकासँग २–१ ले पराजित भएको थियो । घाना र जर्मनीबिचको खेल बराबरीसँगै यो समूहमा चारवटै देशको दोश्रो चरण प्रवेशको संभावना कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us