मुल्यवृद्धिको विरोध गरेर सत्तामा आएका मोदीले बढाए रेल भाडा

काठमाण्डु टुडे २०७१ असार ७ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ७ असार– केन्द्रीय सरकारले रेल भाडा बढाएको विरोधमा भारतभर व्यापक प्रदर्शन भएको छ ।
modi
भजपा नेतृत्वको सरकारले रेल भाडामा १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेपछि विभिन्न राजनीतिक दलले देशैभर प्रदर्शन चर्काएका हुन् ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार कांग्रेस आई समर्थकले मूल्यवृद्धि फिर्ताको माग गर्दै राजधानी नयाँदिल्लीमा गरेको प्रदर्शन रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।

प्रधानमन्त्री नरेन्द्रमोदीले चुनाव जितेको उत्तर प्रदेशको बनारसमा पनि चर्को प्रदर्शन भएको छ । निर्वाचनका क्रममा मोदीले मूल्यवृद्धिको विरोध गर्दै मतदाता आकर्षित गरेका थिए ।

भारतमा हरेक दिन साढे दुई करोड मानिसले रेलबाट यात्रा गर्ने गरेका छन् । सरकारले भने रेल भाडा नबढाए मुलुकको अर्थमतन्त्रले धान्ने नसक्ने दाबी गरेको छ । काँग्रेस नेता
मनिष तिवारीले प्रतिपक्षमा रहेका रेल भाडा बढ्ने चर्चा हुँदा तिखो प्रतिक्रिया दिने भाजपाले सरकारमा आएपछि पहिलोपटक रेल भाडा बढाएर आफ्नो असली अनुमार उदांगो पारेको टिप्पणी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us