इटली हार्दा,इंग्ल्याण्ड बाहिरियो

काठमाण्डु टुडे २०७१ असार ७ गते २:०१ मा प्रकाशित

ppppकाठमाण्डु, ७ असार –इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।
समूह डीको शुक्रबार राती भएको खेलमा इटालीलाई १–० ले हराउँदै कोष्टारिका अन्तिम १६ मा पुगेपछि यो समूहको इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएको हो ।
यसअघि इंग्ल्याण्ड सन् १९५८ को विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो । इंग्ल्याण्ड यो समूहमा इटाली र उरुग्वेसित पराजित भएको थियो । अब यो समूहका इटाली र उरुग्वेबीच हुने खेलको विजेता अन्तिम १६ मा पुग्ने छ ।
कोष्टारिकालाई अन्तिम १६ मा पुर्‍याउनका लागि कोष्टारिकाका लागि पहिलो हाफ सकिनै लाग्दै ब्रायन रुइजले हेडर मार्फत गोल गरेका थिए ।

उनले हेड मार्फत हानेको बल पोलमा ठोक्किएर गोल लाइन भित्र बाउन्स हुँदै बाहिरिएको थियो । पछि गोल लाइन प्रविधिमार्फत त्यो बल गोल भएको पुष्टि भयो । चौथो पटक विश्वकप खेलिरहेको कोष्टारिका दोश्रो पटक अन्तिम १६ मा पुगेको हो । यसअघि सन् १९९० मा कोष्टारिका अन्तिम १६ मा पुगेको थियो ।
इटालीले कोष्टारिकालाई हराएको भए इंग्ल्याण्डको अन्तिम १६ मा पुग्ने संभावना कायम रहन्थ्यो । त्यसैले इंग्ल्याण्डका खेलाडीले कोष्टारिका र इटालीबीचको पुरा खेल होटलमै टेलिभिजनमा हेरेका थिए । इंग्ल्याण्ड यो विश्वकपबाट बाहिरिने चौथो टिम बनेको छ ।

अहिलेसम्म समूह एको क्यामरुन, समूह बीका अष्ट्रेलिया र स्पेन बाहिरिएका हुन् । अन्तिम १६ मा पुग्ने कोष्टारिका चौथो टिम हो । नेदरल्याण्ड, चिली र कोलम्बिया यसअघि नै अन्तिम १६ मा पुगेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us