
काठमाण्डु, ६ असार – आईभरीकोस्टलाई हराउँदै कोलम्बिया विश्वकप फुटबलको प्री क्वार्टरफाईनल प्रवेश गरेको छ ।
बिहीबार राती भएको खेलमा आईभरी कोस्टलाई एकका विरुद्ध दुई गोलले हराउने कोलम्बिया यही समूहका जापान र आइभरीकोष्टले बराबरी खेलेपछि एक खेल अघि नै अन्तिम १६ पुगेको हो ।
समूह सीबाट प्री क्वार्टरफाईनल प्रवेश गर्ने कोलम्बिया पहिलो टीम बन्यो ।
निकै संघर्षपूर्ण खेलमा तीनै गोल दोस्रो हाफमा संभव भयो ।
६३ औं मिनेटसम्म गोलरहित बराबरीमा चलिरहेको खेलमा कोलम्बियाका लागि ६४ औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेर अग्रता दिलाए भने ७० औं मिनेटमा क्वान क्वीन्टेरोको गोलमा कोलम्बियाले अग्रता दोब्बर बनायो ।
तर ७३ औं मिनेटमा आईभरीकोस्टका गीरभान्होले गोल गरेर खेललाई २–१ मा पुर्याए । त्यसपछि आईभरी कोस्टले खेलमा फर्कने कोसिस गरे पनि संभव भएन र खेल कोलम्बियाले आफ्नो पक्षमा पार्यो ।