इग्ल्याण्डलाई उरुग्वेले हरायो, इग्ल्याण्डलाई अघिल्लो चरण प्रवेश कठीन

काठमाण्डु टुडे २०७१ असार ६ गते १:२० मा प्रकाशित

surwazकाठमाण्डु, ६ असार –विश्वकप फुटबलमा ग्रुप अप डेथ मानिएको समूह डीको खेलमा उरुग्वेले इंग्ल्याण्डलाई हराएको छ ।
उरुग्वेसितको २–१ को हारपछि इंग्ल्याण्डको अघिल्लो चरणमा पुग्ने झिनो गणितीय संभावना मात्र कायम छ ।
आफ्नो पहिलो खेलमा इटालीसित हारेको इंग्ल्याण्डले यो विश्वकपमा उरुग्वेसित दोश्रो हार व्यहोरेको हो ।
यही समूहमा आफ्नो पहिलो खेल जितेका इटाली र कोष्टारिकाले शुक्रवार राती खेल्ने छन् । यो खेल बराबरी नभए इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलसम्म प्रतियोगितामा रहि रहन सक्छ ।
इंग्ल्याण्डविरुद्धको खेलमा उरुग्वेलाई जिताउन लुईस सुआरेज एक्लैले २ गोल गरे । घुँडाको चोटका कारण एक महिनापछि मैदान फर्किएका सुआरेजले ८३ औं मिनेटमा आफ्नो दोश्रो तथा निर्णायक गोल गरे ।

यसअघि सुआरोजले नै ३८ औं मिनेटमा पहिलो गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएपनि वाइन रोनीले ७५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

आफ्नो टीमलाई जिताउन नसकेपनि ईङ्लिस स्ट्राईकर वाईन रोनीले उत्कृष्ट प्रदर्शन गरे ।

विश्वकपका १० खेल खेल्ने क्रममा पहिलो गोल गरेका रोनीले उरुग्वेविरुद्ध तीन पटक गोल गर्ने स्थितिमा पुग्दा पनि त्यसलाई पुरा गर्न सकेनन् । उरुग्वेका प्रशिक्षककोे पहिलो खेलमा कोस्टारिकाविरुद्ध सुआरेजलाई बेञ्चमा राख्ने निर्णय गरेका थिए ।

जुन खेलमा उरुग्वे ३–१ ले पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us