
काठमाण्डु, ५ असार – फुटबल विश्वकप फुटबल अन्र्तगत आजपनि ३ वटा खेल हुने भएका छन् । राति पौने १० बजे कोलम्बीया र आइभरी कोष्ट भिड्ने छन् ।
समूह सी मा रहेका यी दुवै टिमले एक एक खेलमा जित हात पारेका छन् । आजको विजेताले प्रि क्वाटर फाइनलमा स्थान सुरक्षीत गर्दा पराजित हुने टिमले अन्तिम खेलमा नतिजा कुर्नुपर्ने छ । समूह सी कै जापान र ग्रिस राति पौने १ बजे आमने सामने हुने छन् ।
दुवै टोलीले पहिलो खेल गुमाएकाले आजको खेल जित्नै पर्ने दवाब छ । बाराबरी भए पहिलो खेलमा पराजित हुनेलाई फाइदा पुग्ने छ ।
यसैगरी भोली विहान पौने ४ बजे उरुग्वे र इङल्याण्ड भिड्ने छन् । समूह डी मा रहेका यी दुबै टिमले प्रतियोगितामा टिकिरहन जितको खोजीमा हुनेछन् ।