
काठमाण्डु, ४ असार – आयोजक ब्राजिल विश्वकप फुटबलको आफ्नो दोश्रो खेलमा बराबरीमा रोकिएको छ ।
बिहान सकिएको खेलमा ब्राजिलले मेक्सिकोसित गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
ब्राजिलियन कप्तान थिएगो सिल्भा, नेमार लगायतका खेलाडीले गरेका ६ वटा निश्चित गोलका प्रहारलाई मेक्सिकोका गोल किपर गुलेर्मो ओचाले उत्कृष्ट ढंगले बचाउँदै टिमलाई एक अंक दिलाए ।
खेलपछि ओचाले यो खेल निक्कै कठिन भएको तर आफ्नो जीवनकै उत्कृष्ट खेल भएको बताए । यो नतिजापछि समूह ए मा ब्राजिल र मेक्सिको दुवैको समान ४ अंक छ । दुवै टिमको समूह विजेता भएर अर्को चरणमा जाने संभावनाका साथै प्रतियोगिताबाट बाहिरने संभावना पनि कायम छ ।
बराबरीपछि ब्राजिलियन प्रशिक्षक लुइस फिलिप स्कोलारीले खेलको नतिजा राम्रो नभएपनि विपक्षी टिमको प्रदर्शनलाई सम्मान गर्नुपर्ने बताए ।