पोर्गुगलमाथि जर्मनीको जीत, मुलरको ह्याट्रिक

काठमाण्डु टुडे २०७१ असार ३ गते १:५६ मा प्रकाशित

germani mularकाठमाण्डु, ३ असार –थोमस मुलरले ह्याट्रिक गरेपछि पोर्चुगललाई ४–० ले हराउँदै जर्मनीले विश्वकप फूटबलमा विजयी सुरुवात गरेको छ ।
आफ्नो सयौं खेलको पहिलो हाफमा जर्मनीले तीन र दोस्रो हाफमा एक गोल गर्‍यो ।
यो विश्वकपको पहिलो ह्याट्रिक गर्ने क्रममा थोमस मुलरले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । जर्मनीलाई अग्रता दिलाएका मुलरले पहिलो गोल १२ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।
जर्मनीका लागि अर्को गोल ३२ औं मिनेटमा हुमेल्सले गरेका थिए । तीन गोलसँगै मुलर गोल्डेन बुटको दावेदारमा सबैभन्दा अघि छन् । चार वर्ष अघिको विश्वकपमा पाँच गोल गरेर मुलरले गोल्डेन बुट जितेका थिए ।
पछिल्लो पटक सन् १९९० मा उपाधि जितेको जर्मनीको हौसला बढाउन चान्सल एञ्जेला मर्केल स्टेडियमै पुग्नुभएको थियो । अपेक्षा विपरित कमजोर प्रदर्शन गरेको पोर्चुगलका लागि परिणाम मात्रै विपरित रहेन, उसका भरपर्दा डिफेण्डर पेपेले रातो कार्ड पाए । ३७ औं मिनेटमा पेपे रेडकार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।

क्रिस्टियानो रोनान्ल्डो, अल्मेडा र नानीले केही प्रयास गरेपनि सफल हुन सकेनन् । सुरुको केही मिनेट बाहेक पोर्चुगल खेलमा जम्न सकेन् ।पेपे यो विश्वकपमा रातो कार्ड खाएर मैदान छोड्न बाध्य हुने तेस्रो खेलाडी हुन् ।

पहिलो रातो कार्ड उरुग्वेका मेक्सीमेलानो परेराले कोस्टारिका र दोस्रो रातो कार्ड होण्डुरसका विल्सन पालासियोसले फ्रान्स विरुद्धको खेलमा पाएका थिए । सन् १९३० देखि अहिलेसम्म रातो कार्ड खाने खेलाडीको संख्या १ सय ६२ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us