मेसीको आकर्षक गोलले अर्जेन्टिना विजयी

काठमाण्डु टुडे २०७१ असार २ गते १:३१ मा प्रकाशित

काठमाण्डु, २ असार– विश्वकप फुटबलअन्तर्गत गएरातिको खेलमा अर्जेन्टिना विजयी भएको छ ।
messi 2दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले जितसँगै समूह ‘ई’ मा ३ अंक जोडेको छ ।
लियोनल मेसीको आकर्षक गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकपको नवप्रवेशी बोस्निया हर्जगोभिनालाई २–१ ले हराएको हो । मेसीको प्रि–किकमा बोस्नियन डिफेन्डर कोलासिनाचले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो ।

मेसीले नै गोन्जालो हिगुइनसँग वान–टु पासका आधारमा दुई डिफेन्सलाई छक्याएर अर्को गोल गरेपछि अर्जेन्टिनाले २–० को अग्रता लियो ।
बोस्नियाको लागि भेदाद इबिसेभिचले खेलको अन्तिम समयमा सान्त्वना गोल फर्काए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us