आइभरी कोष्टद्वारा जापान पराजित

काठमाण्डु टुडे २०७१ असार १ गते ४:०४ मा प्रकाशित

World-Cup-2014काठमाण्डु, १ असार –विश्वकप फुटबलमा एसियाली मुलुक जापान पराजित भएको छ ।

केही बेर अगाडि सम्पन्न खेलमा आइभरी कोष्टसँग २–१ गोल अन्तरले पराजित भएको हो । जापानी खेलाडी होन्डाले पहिलो हाफको १६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर आइभरी कोष्टका विलफ्रेड बोनीले ६३ औ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए ।

त्यसको २ मिनेट पछिनै आइभरी कोष्टले अग्रता लिन सफल भयो । आइभरी कोष्टका गिरभिनोले गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us