कोष्टारिकाले उरुग्वेलाई स्तव्ध बनायो

काठमाण्डु टुडे २०७१ असार १ गते १:५१ मा प्रकाशित

World-Cup-2014काठमाण्डु, १ असार – विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा कोष्टारिकाले २ पटकको विश्वकप विजेता उरुग्वेलाई ३–१ ले हरायो ।
खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको उरुग्वेले त्यो अग्रतालाई जोगाउन सकेन र पराजित भयो ।
कोष्टारिकाका जोयल काम्बेलले ५४ औं मिनेटमा बराबर गोल फर्काए । त्यसको ३ मिनेट पछि नै ओस्कार डुर्टेले अर्को गोल थपे । यस्तै खेल सकिन ६ मिनेट अघि मार्कोस उरेनाले अर्को गोल गरेपछि कोष्टारिका ३–१ ले विजयी भयो ।

ब्रायन रुइजलाई परिवर्तन गरेका उरेनाले मैदान छिरेको एक मिनेट भित्रै गोल गरेका थिए ।
कोष्टारिकाले उरुग्वेको पोष्टमा मात्र ४ वटा प्रहार गरेकोमा ३ वटा गोलमा परिणत भएका हुन् ।

कोष्टारिकासँग पराजित भएको उरुग्वेले यो सँगै विश्वकपको आफ्नो पहिलो खेलमा छैटौं हार व्यहोरेको हो ।
यो खेलमा उरुग्वेका माक्सी पेरेराले रातो कार्ड पाए । उनी जारी विश्वकपमा पहिलो रातो कार्ड पाउने खेलाडी हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us