इग्ल्याण्डलाई इटालीले हरायो

काठमाण्डु टुडे २०७१ असार १ गते १:४६ मा प्रकाशित

itali,eglकाठमाण्डु, १ असार –प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै इटालीले विश्वकप फुटवलमा विजयी सुुरुवात गरेको छ ।
४ पटकको विश्वविजेता इटालीलाई जिताउन मार्चिसियो र बालोटेलीले एक एक गोल गरे ।
खेलको ३५ औ मिनेटमा इटालीले अग्रता लिएपनि त्यसको २ मिनेटमै स्टुरिजले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काएका थिए । बालोटेलीले ५० औं मिनेटमा हेडर गोल गर्दै इटालीको जित निश्चित गरे ।
इंग्ल्याण्डबाट विश्वकप फुटबलमा दशौं पल्ट मैदान उत्रेका स्ट्राइकर वाइन रुनीले गोलको खाता भने खोल्न सकेनन् । यो खेलमा रेफ्रिले एउटा मात्र पहेंलो कार्ड देखाए जुन इंग्ल्याण्डका स्टेर्लिङ्गविरुद्ध थियो ।

खेलअघि इग्ल्याण्डका कप्तान स्टेफेन जेरार्डले यो खेलमा पराजित भए माफी नपाइने बताएपनि इंग्ल्याण्डलाई जिताउन भने सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us