स्पेनमाथि नेदरल्याण्डको पराकिलो जित

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १:४५ मा प्रकाशित

netherlands 1काठमाण्डु, ३१ जेठ –चार वर्षअघि फाइनलमा नेदरल्याण्डसलाई हराउँदै उपाधि जितेको स्पेन गएरातिको खेलमा नेदरल्याण्ड्ससँग ५–१ को फराकिलो अन्तरले पराजित भएको छ ।
डच टिमका लागि रोविन भान पर्सी र आर्जेन रोवेनले २–२ गोल गरे । जितसँगै नेदरल्याण्ड्सले चार वर्षअघि फाईनलमा हारेको बदला पनि लियो । स्पेनले ब्यहोरेको चार गोल अन्तरको हार विश्वकप विजेताले अहिलेसम्म बेहोरेको सबैभन्दा फराकिलो हार पनि हो ।
स्पेनले पहिलो हाफमा एक र दोस्रो हाफमा चार गोल खायो । २७ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोलमा स्पेनले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन् ।
स्पेनी फरवार्ड डिएगो कोस्टालाई डच खेलाडी स्टेफेन डी ब्रीजले लडाएपछि पाएको पेनाल्टीलाई जाभी अलोन्सोले सदुपयोग गरे । तर त्यसको १७ मिनेटपछि नेदरल्याण्ड्सका कप्तान रबिन भानपर्सिले बराबरी गोल फर्काए । ब्लाईण्डले सेन्ट्रल लाईनबाट दिएको पासमा पेनाल्टी एरियामा डाईभ हान्दै उत्कृष्ट गोल गरे ।

त्यसपछि गोल गर्ने क्रम नेदरल्याण्डले रोकेन, ५३ औं मिनेटमा आर्जेन रोबेन, ६४ औं मिनेटमा स्टेफन डि ब्रिजे ६४ औं मिनेटमा भान पर्सीले ७२ औं र र ८० औं मिनेटमा फेरि रोवेनले गोल गरे ।
डच टोलीले गरेका सबै गोल उत्कृष्ट थिए । फर्ममा रहेका नेदरल्याण्ड्सका भान पर्सीले यो सँगै पछिल्ला ९ खेलमा १० ठोकेका छन् भने आर्जेन रोबिनले ७ खेलमा ७ गोल नै गरेका छन् ।

डच टीमका केही प्रहार स्पेनी गोलरक्षक ईकर कासिलासले रोके पनि दुई गोल भने स्पेनले कासिलासकै गल्तीका कारण खायो । टोरेस, सिल्भा र कोस्टाले प्राप्त सहज मौकामा पनि गोल गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us