यसरी भयो ब्राजिलमा विश्वकपको उद्घाटन

काठमाण्डु टुडे २०७१ जेठ ३० गते २:०० मा प्रकाशित

photo, udghatanकाठमाण्डु, ३० जेठ –ब्राजिलको साउपाओलेमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको थियो ।
उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन गरिएको थियो । प्रकाशको माध्यमबाट मैदानको बीचमा ठूलो बलको आकृति तयार गरिएको थियो ।
उद्घाटन समारोहको सवैभन्दा आकर्षणको केन्द्र बन्यो अभिनेत्री जेनिफर लोपेजले ब्राजिलियन र्यापर पिटबलसँग गाएको विश्वकप गित वी आर वान अर्थात हामी सबै एक हौं ।

photo

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us