बेलायतद्वारा नेपाली खेलाडीलाई भिसा दिन अस्वीकार

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट लण्डन जान लागेका पाँच खेलाडी, प्रशिक्षक र अफिसियललाई काठमाण्डुस्थित बेलायती दूतावासले भीसा दिन अन्कार गरेको छ
आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने प्रतियोगितामा सहभागी हुन जान लागेका उनीहरुलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । भिसा नपाउने खेलाडीमा रोहित तामाङ, सरिता श्रेष्ठ, अर्जुन सुनुवार, अमिता राई र प्रशिक्षक अशोक खड्का छन् ।

दूतावासले खेलाडीका लागि अवश्यक फाइनान्सियल सहयोग पर्याप्त देखाउन नसेकेको भन्दै भिसा अस्वीकार गरेको हो । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले खेलाडीको आवास तथा हवाई जहाज खर्च आफैँले बेहोर्ने व्यहोको पत्र दूतावासलाई पठाएको थियो ।

संघका यूके अध्यक्षले योगेन क्षेत्रीले बैंक स्टेटमेन्टमा छाप लगाउन छुटेका भिसा रोकिएको जानकारी दिए ।
सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने प्रतियोगितमा २० देशका ४ सय ५० खेलाडी सहभागी हुँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us