माओवादी पोलीटब्युरो सदस्य विश्वकर्मा कारवाहीमा

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – नेकपा – माओवादी पोलिटव्यूरो सदस्य खड्गवहादुर विश्वकर्मालाई पार्टी कारवाहीमा गरेको छ ।

khadgabahadur bishwokarma

पार्टी नियम विपरीत समानान्तर कमिटीहरु सञ्चालन गरेको, जथाभावी चन्दा उठाएको अभियोगमा उनीमाथि कारवाही हुन लागेको स्रोतले बताएको छ ।

उनलाई हाल स्पष्टिकरणको कारवाही गरिएकामा हालसम्म स्पष्टिकरण बुझाउन अटेर गरेकाले थप कारवाहीको तयारी भइरहेको हो ।

पार्टी सचिव नेत्रविक्रम चन्द पक्षधर मानिने विश्वकर्मामाथि मजदूर फ्र्याक्सन कमिटी गठनमा मनपरी गरेको लगायतका अभियोगमा स्पष्टिकरण सोधिएको छ ।

‘फ्र्याक्सन प्रसंगमा स्पष्टिकरण सोधिए पनि खासमा बिभिन्न जिल्लामा समानान्तर कमिटी गठन गरेकोमा उनीसँग पार्टी नेतृत्व क्रुद्ध छ’ एक पोलिटव्यूरो सदस्यले भने ‘अर्घाखाँचीको सिमेन्ट उद्योग तथा काठमाडौंमै पनि ठूला व्यापारिक घरानामा आथिर्क संकलन गरेको गम्भिर रिपोर्ट पनि आएको छ’ ।

जनयुद्ध र जनविद्रोहको तयारीका लागि भन्दै चन्द पक्षले आर्थिक संकलन गरेको र त्यसको नेतृत्व विश्वकर्माले गरेको आरोप महासचिव रामवहादुर थापा बादल पक्षका नेताहरुले लगाएका छन् एक केन्द्रीय सदस्यले भने ‘पार्टीले आत्मालोचना गर भन्दा पनि नटेरको तथा स्पष्टिकरण पनि नदिएकाले अब थप कारवाही हुन सक्छ’ ।

तर विश्वकर्माले भने आफू माओवादी पार्टीमा स्पष्टिकरण दिने हैसियतको व्यक्ति नभएको बताएका छन् । स्पष्टिकरण मागिएको विषयलाई केही नेताले बाहिर हल्ला गरेको भन्दै उनले ती व्यक्ति घुसपैठिया हुन् भने । ‘हामी माओवादी पार्टीमा स्पष्टिकरण दिने होइन लिने हैसियतका मान्छे हौं, तर केही व्यक्ति यो हल्ला गरेर मलाई कमजोर बनाउन लागेका छन्’ काठमाण्डु टुडेलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us