राखेप सदस्य सचिव लामा अदालत जाने

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ३:३६ मा प्रकाशित

yubaraj lamaकाठमाण्डु, २९ जेठ – राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिब युवराज लामा आज फेरि सर्वोच्च अदालत जाने भएका छन् ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जवरजस्ती बर्खास्त गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेश पछि पुन कार्यभार सम्हाल्नु भएका लामालाई मन्त्री विरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने तयारी गरेको सदस्यसचिब लामाले बताए ।
गत २६ गते सम्म अन्तरिम आदेश दिएको सर्वोच्चले सोही दिन थप छलफल नभएपछि अन्तरिम आदेशलाई निरन्तरता दिदै आगामी १ गते छलफलकालागि उपस्थीत हुन आग्रह गरेको छ ।
तर खेलकुदमन्त्री पौडेलले सर्वोच्चको आदेश लगत्तै काम नगर्नुभनि पत्र पठाएपछि पत्र सहित अदालतमा जाने तयारी गरिएको लामाले बताए ।
लामाको कार्यकाल २०७१ जेठ २९ गते सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us