
काठमाण्डु, २८ जेठ – विश्व फुटवल महासंघ फिफा अध्यक्ष सेफ ब्लाटरलाई पद छाड्न दबाव परेको छ । सन् २०२२ मा कतारमा हुने भनिएको विश्वकप फुटवलमा भएको भ्रष्ट्रचारको विषय बाहिर आएपछि उनीमाथि अर्को बर्षदेखि पद छोड्नुपर्ने दबाव बढेको हो ।
ब्रजिलमा भैरहेका फिफा कांग्रेस सभाको क्रममा युरोपेली फुटवल युनियनले उनलाई नेतृत्व छाड्न आग्रह गरेका हुन् ।
डच फुटवल टोलीका प्रमुख माइकल भानप्रागले फिफामा भष्ट्रचारको मुद्धा गम्भीर बनिरहेको बताए ।
भानप्रागले भ्रष्टचारको मुद्दालाई पार लगाउन ब्लाटरले अर्को बर्ष नेतृत्वको दावी गर्न नहुने बताए ।
इंगल्याण्ड फुटवल टोलीको प्रमुख ग्रेग डाइकले फिफालाई अव अगाडि बढाउनका ब्लाटर योग्य नभएको बताए । फिफा उपाध्यक्ष डेभिड गिल ब्लाटरको राजीनामा मागेका छन् ।
फिफामा अव नया नेतृत्व आवश्यक भैसकेको उनले बताए ।