नेपालले डिभिजन थ्री आयोजना गर्न पाएन

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १३:२८ मा प्रकाशित

iccकाठमाण्डु, २७ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई दिने भनिएको डिभिजन श्री प्रतियोगिता आयोजना गर्न युगान्डालाई दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि आईसीसीको मंगलबारको बैठकले युगान्डालाई प्रतियोगिता आयोजनाको अधिकार दिएको हो ।

नेपाल डिभिजन थ्रीमा घटुवा भएपछि आईसीसी प्रतियोगिता आयोजना गर्न दिन सकारात्मक भएको थियो । डिभिजन थ्री प्रतियोगिता २६ अक्टोबरदेखि २ नोभम्बरसम्म हुनेछ ।

अख्तियारले क्यानका १० पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मद्धा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us