
काठमाण्डु, २३ जेठ – सिंहदरबारमा रहेको संसद् सचिवालयको चमेना गृहमा बासी खानेकुरा बेच्ने गरेको पाइएको छ ।
खाद्य तथा गुण नियन्त्रण विभागको अनुसन्धानले चमेना गृहमा बासी र अखाद्य पदार्थ खुवाउने गरिएको देखाएको हो ।
विभागले ‘सुध्रेने मौका’ भन्दै छाडे पनि संसद सचिवालयका कर्मचारीले बासी र अखाद्य बस्तु खुवाएको भन्दै तालाबन्दी गरेका हुन् । शुक्रबार बसेको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सहभागी सभासदले खाना खाएका थिए ।
उनीहरुले खाना बासी भन्दै विभागलाई बोलाएर जाँच गर्न लगाएका थिए । सभासद्ले खाना गन्हाएको भनेपछि समिति सभापति बाबुराम भट्टराईले चमेना गृहमाथि आवश्यक कारबाही गर्न दिर्नेशन दिएका छन् ।