
यमन, २२ जेठ – यमनको दक्षिण प्रान्तमा बिहीबार संदिग्ध अलकायदा बन्दुकधारीले गरेको आक्रमणमा १२ यमनी सैनिक र एक सर्वसाधारणको मृत्यु भएको समाचार छ ।
यमनको साब्वा प्रान्तको बेहान गाउँमा रहेको जाँचचौकीमा अल कायदासँग आबद्धआतङ्ककारील गरेका स्वचालित बन्दुक प्रहारबाट १२ सैनिकको मृत्यु हुनुका साथै अन्य एक घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
यस बन्दुक आक्रमणमा एक सर्वसाधारणको समेत ज्यान गएको छ ।
सैनिकहरू यमनको साब्वा र छिमेकी प्रान्त आबियानमा अल कायदाद्वारा योजना गरेका भिषण आक्रमणको विफल गर्न कार्यरत रहेका थिए । एएफपी