विश्वकप फुटवलमा ५ मिलियन डलर भ्रष्टाचारको आरोप

काठमाण्डु टुडे २०७१ जेठ १८ गते २:२४ मा प्रकाशित

18काठमाण्डु, १८ जेठ – विश्वकप फुटवल महासंघ फिफालाई सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल आयोजना गर्नका लागि ५ मिलियन डलर भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अमेरिकाबाट प्रकाशित हुने सन्डे टाइम्सले तत्कालिन समयमा भएको गोप्य सम्झौता सर्वाजानिक गर्दै कतारमा फुटवल गर्नका लागि ५ मिलियन डलर रकम बढी लिएको बताएको छ ।

पत्रिकाले इमेल, चिठी र वैंकमा पठाएको पैसा प्राप्तको रसिद समेत सर्वाजनिक गरेको छ । फिफाका तत्कालिन उपाध्यक्ष मोहम्मद विन हम्मानले रकम फिफाका खातामा पठाएकोे पत्रिकाले उल्लेख गरेको छ ।

हम्मानलाई भ्रष्ट्रचारमा सलंग्न रहेको भन्दै सन २०११ मा फिफाले आजिवन फुटवल क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । सन २०१० को तत्कालिन वैकठमा समेत सन २०२२ मा विश्वकप फुटवल कतार लाने निर्णयको फिफा वैठकमा तीव्र विरोध भएको थियो ।

गोप्य सम्झौतमा अफ्रिकी देशहरुलाई आफ्नो समर्थनमा लिनका लागि हम्मानले सोझै रकम उपलब्ध गराएको पनि देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us