
काठमाण्डु, १७ जेठ – किंग्स ईलेभेन पन्जाव ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाईनलमा पुगेको छ ।
शुक्रबार राती मुम्बईमा भएको खेलमा चेन्नई सुपर किंग्सलाई २४ रनले हराउँदै पन्जावले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
जितका लागि २ सय २७ रनको लक्ष्य पच्छ्याएको चेन्नईले पुरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै २ सय २ रन मात्रै जोड्न सक्यो ।
चेन्नईका सुरेश रैनाले ८७ र महेन्द्र सिंह धोनीले नटआउट ४२ रन जोडेपनि टिमको हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ्ग गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय २६ रन बनाएको थियो ।
पन्जावका विरेन्द्र सेहवागले १ सय २२ रन बनाए । पञ्जावले अब उपाधिका लागि कोलकाता नाईट राईडर्ससँग आइतबार खेल्ने छ । कोलकाता पहिलो क्वालिफायरमा पन्जावलाई नै हराउँदै फाईनलमा पुगेको थियो ।