दिल्लीमा भिषण हुरी बतास, ९ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १७ गते २:०३ मा प्रकाशित

dilliकाठमाण्डु, १७ -जेठ भारतको दिल्ली क्षेत्रमा हुरीबतासका कारण ९ जनाको मृत्यु भएको छ ।
हुरीका कारण रुख ढलेर, पर्खाल भत्किएर र करेन्ट लागेर ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यस्तै गाजियाबादमा हुरी बतासका कारण ३ जनाको ज्यान गएको छ ।

शुक्रबार बेलुकी दिल्ली र आसपासको क्षेत्रमा ९० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्नुका साथै भारी वर्षा समेत भएको थियो ।
हुरीबतासका कारण दिल्लीका धेरै ठाउँमा सडक, रेल तथा हवाई यातायात प्रभावित बनेको छ भने विद्युत आपूर्ति पनि अवरुद्ध भएको भारतीय प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us