बेंगर अझै तीन वर्ष आर्सनलमा

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १२:१४ मा प्रकाशित

bengar

काठमाण्डु, १६ जेठ–  आर्सेन बेङ्गर अझै तीन वर्ष आर्सनलमै बस्ने भएका छन् । बेंगर म्यानेजरका रुपमा सन् २०१७ सम्म आर्सनलमै बस्न सहमत भएका बीबीसीले जनाएको छ ।

शनिवारसम्म उनले यसमा सम्झौता गर्ने समाचारमा उल्लेख छ । सन् १९९६ मा आर्सनल गएका ६४ वर्षीय बेंगरले आफ्नो अगुवाईमा आर्सनललाई आठ वटा उपाधि दिलाएका छन् ।

यो वर्ष प्रिमियर लिगको चौथो स्थानमा रहँदै आर्सनल अर्को वर्ष हुने च्याम्पियन्स लिगका लागि छनौट भयो भने यो वर्ष एफ ए कपको उपाधि पनि जित्यो । आर्सनलले सन् २००५ पछि कुनै मुख्य उपाधि जित्न सकेको छैन् ।

बेंगरको नेतृत्वमा आर्सनलले सन् १९९८, २००२ र २००४ मा प्रिमियर लिग, सन् १९९८, २००२, २००३, २००५ र २०१४ मा एफ ए कप जितेको छ । सन् २००६ मा आर्सनल च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us