एनपीएल टी २० जेठ २१ बाट

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, १५ जेठ–  एनपीएल टी २० क्रिकेट जेठ २१ गतेबाट सुरु हुने भएको छ । एनपीएल टी २० क्रिकेट पूर्व घोषित समय जेठ २१ देखि ३१ गते नै हुने जोहरा स्पोर्ट्स म्याजेनमेन्टले बताएको छ ।

खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । तर, नेपाल क्रिकेट संघ क्यानभित्रको विवादका कारण प्रतियोगिता हुनेमा आशंका छ ।

अध्यक्ष टंक आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको अशोकनाथ प्याकुरेल समूहले एनपीलबाट अलग भएको घोषणा गर्नुका साथै कीर्तिपुर मैदान प्रयोग गर्न नदिने बताएको छ ।

राउन रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा विशाल वारियर्स र कलर्स एक्स फ्याक्टर भिड्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us