९ हजार ८ सय सेना अफगानिस्तानमा कायम राख्ने अमेरिकी प्रस्ताव

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– अमेरिकाले सक्रिय गतिविधि नगर्ने सर्तमा ९ हजार ८ सय सेना अफगानिस्तानमा कायम राख्न पहल सुरु गरेको छ ।
barak obama
अफगानी सेनालाई युद्ध अभ्यास गराउन र असजिला परिस्थितिमा मात्र सहयोग गर्नेगरी सैनिक कामय राख्ने विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पहल थालेका हुन् ।
अफगानिस्तानले अमेरिकी सेना तत्काल आफ्नो देशबाट फिर्ता गर्न दबाब दिईरहेको बेला ओबामाले यस्तो प्रस्ताव अघि सारेका हुन् ।  उनले अमेरिकी सेनाले सक्रिय सैन्य गतिविध नगर्ने र अफगानी सेनाको सहयोगीको रुपमा मात्र रहने प्रस्ताव गरेका छन् ।

सन् २०१६ सम्म भने बाँकी सबै सेनालाई पनि स्वदेश लैजाने अमेरिकाको प्रस्ताव छ । तर, अमेरिकाले यसअघि गरेको प्रस्तावलाई अफगान राष्ट्रपति हमिद कारजाईले अस्वीकार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us