पल्सर स्पोर्टस अवार्ड पाउने खेलाडीको नाम सार्वजनिक

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष दिँदै आएको स्पोर्ट्स अवार्डको लागि मनोनित खेलाडीको नाम सर्वाजनिक गरेको छ ।
मञ्चले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक गरी ४ विधाका लागि मनोनित खेलाडीको नाम सर्वाजनिक गरेको हो ।
क्रिकेटतर्फ वर्षको उत्कृष्ट खेलाडीमा सुभास खकुरेल, वसन्त रेग्मी,  र पारस खड्का मनोनयन भएका छन् ।  यस्तै शिवराम श्रेष्ठ (गल्फ) र यामसाजन सुनार (एथलेटिक्स) मा  छानिएका छन् । वर्षको उत्कृष्ट महिला खेलाडीमा सुनिता बोहरा (जुडो), दिलमाया कार्की (एथलेटिक्स), सोफीया शाह (पौडी), सीता रानामगर (क्रिकेट) र तारादेवी पुन (भारोत्तोलन) छन् ।
यसैगरी वर्षको उत्कृष्ठ युवा खेलाडीमा विमल घर्तीमगर (फुटबल), शिरिष गुरुङ (पौडी), विशाल थापा सिंजाली (उसु), सोमपाल कामी र अविनाश कर्ण (क्रिकेट) मनोनयन भए । यस्तै प्रशिक्षकहरुमा पुबुदु दसानायके (क्रिकेट) बालगोपाल महर्जन (फुटबल) कपिलकिशोर श्रेष्ठ (भलिवल), युवराज गुरुङ (उसु) र ऋषिराम प्रधान (जुडो ) छानिए ।
वर्षको चर्चित खेलाडी, लाईफ अचिभमेन्ट लगाएतका चार विधामा यस अघि नै मनोनयन भईसकेको छ । मनोनयन मध्येबाट छनोटमा परेका खेलाडीहरुलाई पल्सर वाईक र नगद प्रदान गरिनेछ ।  अवार्ड वितरण कार्यक्रम यही जेठ १९ गते काठमाण्डुमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us