
काठमाण्डु, १३ जेठ –भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज क्वालिफाइरको खेल हुदैछ ।
क्वालिफाइरको पहिलो खेलमा कोलकत्ता नाइट राइर्डसले किंग्स इलेभेन पञ्जाबको सामना गर्दैछ ।
आजकोे खेलको विजेता टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले इलिमिनेटर खेलमा चेन्नई र मुम्बई टिमको विजेतासँग पुन फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
पञ्जाबलाई जर्ज बेलीले सम्हाल्दा कोलकत्ता नाइट राइर्डसको नेतृत्व गौतम गम्भिरले गर्ने छन् । चेन्नई र मुम्बईको खेल भोली हुने छ । प्रतियोगिताको फाइनल खेल आगामी १८ गते एम चिन्नास्वामी स्टेडियम बैङलोरमा हुनेछ ।