नेपाल प्रिमियर लिगमा पञ्चकन्यालाई उपाधि

काठमाण्डु टुडे २०७१ जेठ १० गते १२:२१ मा प्रकाशित

धनगढी, १० जेठ– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जगदम्बा जायन्टस्लाई ९७ रनले पराजित गर्दै पञ्चकन्या तेजले उपाधि उचालेको छ ।
nplधनगढीको फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा पहिलो ब्याटिङको निम्तो पाएको पञ्चकन्याले २ सय रनको स्कोर खडा गरेको थियो ।  लक्ष्य पछयाउँदै ब्याटिङ थालेको जगदम्बाको टोलीले २३ ओभर बलमा अलआउट हुँदै १ सय ३ रन मात्रै जोड्न सक्यो ।

विजेता टोलीका लागि ओपनर सञ्जय श्रेष्ठले ८ चौका र ६ छक्कासहित ७४ रन जोडे । कप्तान शरद् भेषवाकरले ४५ रन जोडे । भेषवाकरले एक चौका र तीन छक्कासहित अर्धशतक नजिक पुगेका हुन् । प्रदीप ऐरीले २३ रनको योगदान दिए । जगदम्बाका लागि नरेश बुढाऐर २०, भुपेन्द्र थापा १८ र सोमपाल कामी १७ रनमा आउट भए । अन्य व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

पञ्चकन्याको लागि सुशील कँडेलले ३ र भुवन कार्कीले एक विकेट लिए ।

जगदम्बा जायन्टसका लागि शिवांकर सन्यासीले २ विकेट लिए भने निमुद्धिन अन्सारी, शक्ति गौचन र सोमपाल कामीले समान २/२ विकेट लिए । प्रेम तामाङले १ विकेट हात पारे । राजकुमार प्रधान फाइनलको म्यान अफ दी म्याच घोषित भए । पञ्चकन्याका भुवन कार्की म्यान अफ दी सिरिज घोषित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us